२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अपडेटः रेणुभन्दा हजार बढी मतले पछि परे विजय



अ+ अ-

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता थप बढाएकी छन् ।

उनले एमालेका विजय सुवेदीलाई एक हजारभन्दा बढी मतले पछि पारेकी छन् ।

२५,३५८ मत गन्दा रेणुले ९०११ मत ल्याएकी छन् भने विजयले ७८९२ मत प्राप्त गरेका छन् ।

उनीहरुबीच १११९ भोटको अन्तर छ । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४११२ मत ल्याएका छन् ।