१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिब्दीकोटमा कार्की र अधिकारी विजयी



अ+ अ-

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायणबहादुर कार्की पाँच हजार ७०४ मतसहित विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का निवर्तमान गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चार हजार ७२६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्ता अधिकारीले पाँच हजार ४७९ मत ल्याएर निर्वाचित भए । अधिकारीको प्रतिस्पर्धी एमालेकी लक्ष्मी खनालले चार हजार ९२६ मत प्राप्त गरे ।

यस पालिकामा २०७४ को निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । यहाँ १६ हजार ३९५ मतदाता रहेकामा गत वैशाख ३० गते भएको निर्वाचनमा ११ हजार २५९ मत खसेको थियो ।