२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्री बजेटमाथिको छलफल जेठ ५ गते



अ+ अ-

काठमाडौं । राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल यही जेठ ५ गतेका लागि निर्धारण गरिएको छ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

उहाँले सो प्रस्ताव पेस गर्दै विनियोजन विधेयक, २०७९ मा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण, सन्तुलित र समावेशी आर्थिक विकास, आत्मनिर्भर अर्थतन्त्र निर्माण, विनियोजन कुशलता र मितव्ययितालगायत सिद्धान्त र प्राथमिता रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्तावमाथि छलफल गर्न जेठ ५ गतेको समय निर्धारण गर्नुभएको हो । राष्ट्रियसभाको अर्कौ बैठक यही जेठ ५ गते दिउँसो १ बजे बस्ने छ ।