२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनाको घेराबन्दीमा परेका युक्रेनी सैनिकको उद्धार



अ+ अ-

मारिऊपोल । युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको छ ।

युक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताउनु भएको थियो । उद्धार गरिएका २६४ युक्रेनी सैनिकमध्ये ५३ जना गम्भीर घाइते रहेका अधिकारीहरूले बताएका छन् । गम्भीर घाइते रहेका ती सैनिकहरुलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

मारिऊपोलस्थित एजोभस्टाल स्टील कारखानामा ८० दिनभन्दा बढी समयदेखि ती सैनिक रुसी फौजको घेराबन्दीमा परेका थिए । ती सैनिकहरूको उद्धार कार्यमा संयुक्त राष्ट्रसंघ र रेडक्रम संलग्न रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बताउनु भएको छ ।

उक्त बन्दरगाह शहरमाथि कब्जा गर्ने अभियानमा करिब २० हजार रुसी सैनिक संलग्न रहेका युक्रेनी सेनाले दाबी गरेका छन् । रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको उक्त बन्दरगाह शहरमाथि रुसी फौजहरूले अतिक्रमणको शुरूदेखि नै बमबारी गर्दै आएका थिए ।