१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

लालीगुराँस नगरमा नेपाली कांग्रेसका माबोहाङ पुनःनिर्वाचित

लालीगुराँस नगरमा नेपाली कांग्रेसका माबोहाङ पुनःनिर्वाचित
अ अ+ अ-

तेह्रथुमः जिल्लाको लालीगुराँस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अर्जुनकुमार माबोहाङ पुनःनिर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार गणेश सेनेलाई एक हजार ७९५ मतको अन्तरले पराजित गर्दै माबोहाङ पुनः नगरप्रमुख निर्वाचित हुनुभएको हो । माबोहाङले पाँच हजार १३९ मत प्राप्त गरी विजयी हुँदा सेनेले तीन हजार ३४४ मात्र मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय लालीगुराँसले जनाएको छ ।

नगर उपप्रमुखमा पनि कांग्रेसकै जमुना मगर कार्की चार हजार ८८७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँले एमालेका उम्मेदवार छविमाया तिम्सिनालाई एक हजार २९३ मतान्तरले पराजित गर्नुभएको हो । कांग्रेसले लालीगुराँस नगरपालिकाका वडा नं २, ३, ४, ७, ८ र ९ मा विजय हासिल गरेको छ । एमालेले वडा नं १ र ६ तथा ५ मा एमालेकै सहयोगमा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन् ।

हिलिहाङमा कांग्रेसका अधिकारी र एमालेका सेढाईँ विजयी

जिल्लाको हिलिहाङ गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका समरबहादुर अधिकारी र उपाध्यक्षमा एमालेका सुमित्रा उप्रेती सेढाईँ विजयी हुनुभएको छ । गए राति सम्पन्न मतगणनानुसार गाउँपालिका अध्यक्षमा गठबन्धनका अधिकारीले एमालेका भुवानीप्रसाद लिङ्देनलाई २०७ मतान्तरले पराजित गर्नुभएको हो । अधिकारीले चार हजार ५६५ मत प्राप्त गर्दा निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहनुभएका लिङ्देनले चार हजार ३५८ मत प्राप्त गर्नुभयो । अध्यक्षमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भवानीविक्रम लिङ्देनले १११ मत प्राप्त गर्नुभयो ।

गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनको नेकपा (एकीकृत समाजवादी)का भवानीप्रसाद लिङ्देनलाई २८ मतान्तरले पराजित गर्दै एमालेका सुमित्रा उप्रेती सेढाईँ विजयी हुनुभएको छ । सेढाईँले चार हजार १४६ मत प्राप्त गर्दा लिङ्देनले चार हजार ११८ मत प्राप्त गर्नुभयो । सेढाईँ निवर्तमान गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ ।

हिलिहाङमा एमालेबाट बहुमत वडाध्यक्ष र बहुमत गाउँसभा सदस्य निर्वाचित भएका छन् । हिलिहाङको वडा नं १ मा कांग्रेसका सन्तोष लिङदेन, वडा नं २ मा एमालेका भीमप्रसाद हेम्ब्या, वडा नं ३ मा एमालेका वीरेन्द्रकुमार योङहाङ, वडा नं ४ मा एकीकृत समाजवादीका वृहस्पति गिरी, वडा नं ५ मा एमालेका बिर्खबहादुर सुहाङ र वडा नं ७ मा एमालेका धनकुमार पन्थाक प्यानलसहित वडाध्यक्ष निर्वाचित हुनुभएको छ । वडा नं ६ मा भने कांग्रेसका गणेश योङहाङ एक सदस्यसहित वडाध्यक्ष निर्वाचित हुँदा बाँकी तीन सदस्य एमालेले जितेको छ । अघिल्लो निर्वाचनमा यस गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सातै वडाका वडाध्यक्ष एमालेले जितेको थियो ।

फाल्गुनन्दमा गठबन्धनका आङदेम्बे र नेम्वाङ विजयी

फाल्गुनन्द गाउँपालिकामा कांग्रेससहितको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष कांग्रेसका वृजहाङ आङदेम्बे र उपाध्यक्षमा माओवादी केन्द्रका ठाकुरसिं नेम्वाङ विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा आङदेम्बेले निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहनुभएका एमालेका वीरबहादुर कुरुम्बाङलाई एक हजार ९६ मतान्तरले पराजित गर्नुभयो । आङदेम्बेले पाँच हजार ७३९ मत प्राप्त गर्दा कुरुम्बाङले चार हजार ६४३ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा माओवादीका ठाकुरसिं नेम्वाङले जनता समाजवादी पार्टीकी बविता नेम्वाङलाई ६५७ मतान्तरले पराजित गर्नुभयो । ठाकुरसिंले पाँच हजार १०० मत प्राप्त गर्दा एमालेसँगको तालमेलमा उम्मेदवार बनेकी बविताले चार हजार ४४३ मत प्राप्त गर्नुभयो । फाल्गुनन्दका सातवटा वडामध्ये छ वटामा गठबन्धन र एउटामा एमाले विजयी भएको छ ।

फाल्गुनन्द–१ मा होमप्रसाद आङदेम्बे, २ मा सन्तोष नेम्वाङ, ३ मा सुखवीर नेम्वाङ, ४ मा दलबहादुर नेम्वाङ, ५ मा विष्णुकुमार चेम्जोङ, ६ मा नारायणप्रसाद आङदेम्बे र वडा नं ७ मा देउकुमार आङदेम्बे वडाध्यक्ष निर्वाचित हुनुभएको हो । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र पाँच वडाध्यक्ष कांग्रेसले जितेको थियो । तर निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि यहाँ उपनिर्वाचन हुँदा अध्यक्षमा तत्कालीन नेकपामा कुरुम्बाङ ८०६ मतले विजयी हुनुभएको थियो । तर यसपटक गठबन्धनले एक वडामा बाहेक सबै पदमा विजय हासिल गरेको छ ।

फालेलुङमा गठबन्धनका थाम्सुहाङ र जबेगू विजयी

जिल्लाको फालेलुङ गाउँपालिकामा कांग्रेससहितको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एउटा वडाको वडाध्यक्ष र तीन सदस्यबाहेक गाउँपालिकाका सबै पदमा गठबन्धन विजयी भएको हो ।

फालेलुङको अध्यक्षमा कांग्रेसका वीरविक्रम थाम्सुहाङ पाँच हजार ७७९ मतसहित विजयी हुनुभयो । अध्यक्षमा एमालेका जयप्रकाश केरुङले दुई हजार ६२१ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कुमार केरुङले १८८, मङ्गोल नेशनल अर्गनाइजेशनका टुकप्रसाद थाम्सुहाङले १५७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका देविन्द्र खत्रीले १४८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय फालेलुङले जनाएको छ ।

फालेलुङका उपाध्यक्षमा माओवादीका महेन्द्रहाङ जबेगू विजयी हुनुभएको छ । जबेगू पाँच हजार २१४ मतसहित विजयी हुँदा एमालेका सुजता बान्तवा राईले दुई हजार ८७५ मत प्राप्त गर्नुभयो । अघिल्लोपटक झिनो मतान्तरले गाउँपालिका अध्यक्षमा पराजित जबेगू यसपटक गाउँपालिका उपाध्यक्षमा विजयी हुनुभएको हो ।

फालेलुङमा वडा नं १ मा टेकबहादुर गुरागार्इँ, २ मा तिलबहादुर खत्री, ३ मा शक्तिप्रसाद केरुङ, ४ मा सन्तवीर राई, ५ मा भरतकुमार खपाङ्गी, ६ मा अमरवीर राई, ७ मा टेकबहादुर केरुङ र ८ मा श्रीहाङ केरुङ वडाध्यक्ष विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पहिलो र दोस्रो मत ल्याएका कांग्रेस र माओवादी तथा तेस्रो मत ल्याउने एमालेका उम्मेदवार कमलप्रसाद जबेगूसमेत गठबन्धनमा आवद्ध थिए । अघिल्लो निर्वाचनमा दुईवटा वडा जितेको एमालेले भने यसपटक पदमा विजय हासिल गर्न सकेन ।