१६ असार २०८३, मंगलवार
,
Latest
कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनेटरी प्याडमा सरकारले लगाएको करप्रति अनेरास्ववियुको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विद्याथी संगठन अनेरास्ववियुले सेनेटरी प्याडमा लगाइएको करप्रति सरकारको ध्यानाकर्षण गराएको छ । 

संगठनकी अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विश्वको करिब चार अर्व र नेपालका करिब एक करोड पचास लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट प्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ ।’

अगाडि भनिएको छ, ‘वर्तमान परिस्थितिमा सेनेटरी प्याड महिलाको विलासिता नभई आवश्यकता हो । तसर्थ प्रत्येक महिलाले मासिक रुपमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुुलभ र सुपथ मुल्यमा उपलब्ध गराउने राज्यको दायित्व हुनुपर्नेमा कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्याडमा समेत विलासिताको सामाग्रिमा झै उच्च कर लगाई महिलाहरुको संवेदनशीलताप्रति गरेको बेवास्ता र विभेदप्रति अनेरास्ववियु घोर निन्दा र आपत्ति प्रकट गर्दछ ।’