१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामसँग म्यान्चेस्टर सिटीले अंक बाँड्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष स्थानको म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ ।

आइतबार राति भएको खेलमा सिटीले वेस्टहाम युनाइटेडसँग २-२ गोलको बराबरी खेलेको हो ।

वेस्टहामले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो । वेस्टहामका लागि दुबै गोल जारोर्ड बोएनले गरे । उनले २४ औं र ४५ औं मिनेटमा गोल गरेका हुन् ।

दोस्रो हाफको ४९ औं मिनेटमा सिटीका ज्याक ग्रिलिसले गोल गरे । ६९ औं मिनेटमा वेस्टहामका भ्लादिमिर कोउफुलले आत्मघाती गोल गरेपछि सिटी बराबरीमा आएको हो ।

८६ औं मिनेटमा सिटीका रियाद माहरेजले पेनाल्टी मिस गर्न पुगे । सिटीलाई जितको सुनौलो मौका उनले खेर फाले । बराबरीसँगै ३७ खेलबाट सिटीको ९० अंक छ । एक खेल कम खेलेको लिभरपुल ८६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने वेस्टहाम ५६ अंकसहित सातौं स्थानमा छ ।