२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) सहित पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका–८ गौशाला तिलगंगा एरियाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु सहित ललितपुर, ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त वस्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । 

उक्त वस्तु सहित उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाईएको उक्त व्यूरोले जनाएको छ ।