२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना



अ+ अ-

भारतमा एउटा उपभोक्ता अदालतले गलत कपाल काटिदिएका कारण एउटा सैलुनलाई दुई करोड भारतीय रुपैयाँ (तीन करोड २० लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ।

उक्त सैलुनले उनले भने विपरीत छोटो हुने गरी कपाल काटिदिएको थियो जसका कारण उनले ठूलो घाटा बेहोर्नुपरेको अदालतले उल्लेख गरेको छ।

दिल्लीको एउटा होटेल समूहको हिस्सा रहेको उक्त सैलुनले फैसलाविरुद्ध पुनरावेदनमा जान पाउने छ। तर उसले फैसलाबारे आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन।

ती महिलाले 'आफूले अपेक्षा गरेको काम गुमाएको र ठूलो घाटा बेहोरेका कारण जीवनशैली नै पूरै परिवर्तन भएकाले प्रख्यात मोडल बन्ने उनको सपना चकनाचुर भएको' न्याश्नल कन्ज्युमर डिस्प्युट रिड्रेसल कमिसनले भनेको छ।

'कपाल काट्दा गरिएको लापरबाहीका कारण उनी गम्भीर मानसिक समस्या र आघातबाट गुज्रिएको एवम् काममा ध्यान दिन नसक्दा कामनै गुमाएको' उसले उल्लेख गरेको छ।

सन् २०१८ मा ती मोडल कपाल काट्नका लागि उक्त होटेलमा पुगेकी थिइन र आफ्नो कपाल काट्ने विषयबारे कर्मचारीलाई स्पष्ट निर्देशन दिएकी थिइन्।

तर हेअर स्टाइलिस्टले उनको कपालको अधिकतम हिस्सा काटिदिएका थिए। अदालतको काजगात अनुसार उनको कपाल 'जम्मा चार इन्च' रहने गरी काटिएको थियो।

'उनले ऐनामा आफूलाई हेर्न छोडिन। उनी जनसम्पर्क अधिकृत हुन् र उनले बैठक अनि अन्तरक्रियामा सहभागी हुनुपर्ने हुन्छ। तर छोटो कपालका कारण उनले आफ्नो आत्मविश्वास गुमाइन्,' अदालतको फैसलामा भनिएको छ।

जब उनले सैलुनसमक्ष गुनासो गरिन उनलाई कपालको निःशुल्क स्याहार गरिदिने प्रस्ताव गरिएको थियो। (बीबीसी)