२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकर्णेश्वरमा एमालेको अग्रता कायमै



अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ ।

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो । एमालेबाट प्रमुख पदका उम्मेदवार उद्धव विष्टले तीन हजार ६४१ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक रिसालले दुई हजार ९३८ मतका साथ पछ्याइरहनुभएको छ । नेकपा (एकीकृत समाजवादी)का गोपाल बरालले २४६ मत पाउनुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेकै सान्नानी लामाले तीन हजार ४८३, कांग्रेसका शान्ति नेपालले दुई हजार ७९९ र नेकपा माओवादी केन्द्रका पेमाछिरि शेर्पाले ६०६ मत पाउनुभएको छ । नगरपालिकाको १, २ र ३ गरी तीन वडाको मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो ।

तीनै वडामा एमालेले वडाध्यक्षसहित प्यानलमा विजयी भएको छ । वडा नं १ मा द्वारिका श्रेष्ठ, वडा नं २ मा मधु तामाङ र वडा नं ३ मा मुरारी कुइँकेलको समूह नै विजयी भएको छ । अहिले नगरपालिकाको ४ नं वडाको मतगणना भइरहेको छ । नारायणटारस्थित चामुण्डा माध्यमिक विद्यालय भवनमा मतगणना भइरहेको हो । स्थान अभावका कारण एक पटकमा एउटा मात्र वडाको मतगणना सम्भव भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकामा २४ हजार २४२ मत खसेको छ । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । वडा नं १ दुई हजार ६७५, वडा नं २ मा दुई हजार २००, वडा नं ३ तीन हजार ३१, वडा नं ४ मा तीन हजार १५९, वडा नं ५ मा तीन हजार ८७७, वडा नं ६ मा तीन हजार ६८६, वडा नं ७ मा एक हजार ३५१, वडा नं ८ मा तीन हजार १५६ र वडा नं ९ मा एक हजार १८८ मत खसेको थियो ।