१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै सरकारी अधिकारीलाई दिइएको आममाफीको सम्मान गर्न आफ्ना लडाकूलाई तालिबानको आग्रह



अ+ अ-

एजेन्सी । तालिबानले बिहीबार आफ्ना लडाकूहरूलाई अफगानिस्तानका सबै सरकारी अधिकारीहरूलाई दिइएको आम माफीको सम्मान गर्न र इस्लामिक इमिरेटको नयाँ सरकारको बदनाम नगर्न आग्रह गरेको छ । 

अफगानिस्तानको अन्तरिम सरकारका रक्षा मन्त्री मुल्लाह मोहम्मद याकोबले आफ्ना लडाकूहरूलाई सामान्य आममाफीको घोषणा गरिएको र कसैले पनि स्वेच्छाचारी कार्यद्वारा इस्लामिक इमिरेट अफ अफगानिस्तान ९आईइए० को गर्नु नहुँने बताउनुभएको ‘द खामा प्रेस न्युज एजेन्सी’ले उल्लेख गरेको छ । 

रक्षा मन्त्रीले आम माफीलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न र जनतालाई दुव्र्यबहार नगर्न आग्रह गर्नुभएको हो । 

याकोबले जारी गरेको वक्तव्यमा विभिन्न प्रान्तहरूमा केही तालिवान सदस्यहरूले प्रतिशोध लिएको देखिएको र अघिल्लो सरकारका लागि काम गरेका व्यक्तिहरूको हत्या गरेको उल्लेख गरिएको छ । 

विपक्षी, कर्मचारी प्रशासन तथा अफगान नागरिकमाथि कारबाही गर्ने नीति अफगानिस्तानको नरहेको द खामा प्रेस न्युज एजेन्सीले जनाएको छ । 

तालिबान लडाकूहरूलाई लक्षित गरिएको सम्बोधनमा उहाँले भन्नुभयो, “मानिसहरूसँग राम्रो व्यवहार गर्नुहोस् ।  आफ्नो मनोमानी कार्यद्वारा अफगानिस्तानको बदनाम नगर्नुहोस् । अनावश्यक फोटो र भिडियोहरू लिन बन्द गर्नुहोस् र आवश्यक नभएसम्म सरकारी कार्यालयमा प्रवेश नगर्नुहोस् ।

तालिबान समूहका संस्थापक नेताका छोरासमेत रहेका याकोबले थप्नुभयो, “तालिबानका केही कमान्डरहरूले अफगान भूमिको विरोधमा रहेका आफ्नो दर्जा विस्तार गर्न गलत मानिसहरूलाई भर्ती गरेका भन्ने रिपोर्ट आएको छ यदि आरोप सही ठहरिएमा दोषीहरूलाई सजाय दिइनेछ । केही तालिवान लडाकूहरू रातिसम्म अघिल्लो सरकारका अधिकारीका घरमा पसेर उनीहरुको हत्या र अपहरण गर्दै आएका बिषयलाई सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।