१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक लम्बियो



अ+ अ-

काठमाडौं ।  नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक लम्बिएको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा दुई दिनदेखि जारी बैठकमा विधान महाधिवेशनमा पेश गरि विभिन्न प्रस्तावउपर समूहगत छलफल गरिएको थियो ।

शुक्रबारदेखि शुरु भएको बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष बैठकमा सुनाएका थिए । 

आज समूहगत सुझाव पेश गर्ने काम मात्रै भएकाले अध्यक्ष केपी शर्मा ओली लगायतले जवाफ दिने काम नसकिएकाले बैठक लम्बिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठक भोलि ११ बजेसम्मलाई स्थगित भएको छ।

पार्टी अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिवेदन, महासविच ईश्वर पोखरेलले राखेको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संधोधन प्रस्तावमा छलफल भएको थियो ।