विराटनगरः पूर्वी नेपालका प्रमुख सहरहरू विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना सुरू भएको छ ।
निर्वाचन आयोगका अनुसार महानगर र उपमहानगरमा बिहानैदेखि मतगणना सुरू भएको हो ।
एक लाख ३२४ मतदाता रहेको धरानमा ६३ हजार ९८ मत खसेरको छ जुन कुल मतको ६३ प्रतिशत मत हो ।
त्यस्तै एक लाख ४ हजार ६२६ कुल मतदाता रहेको इटहरीमा ७३ हजार ७३२ मत खसेको छ । जुन कुल मतको ७०.४७ प्रतिशत हो ।