१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस १४औँ महाअधिवेशन : चार पालिकामा सर्वसम्मत नेतृत्व चयन



अ+ अ-

लमजुङ । नेपाली कांग्रेस १४ औँ महाअधिवेशनअन्तर्गत जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ । शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले  सभापति चयन हुनुभएको हो ।

मस्र्याङ्दी, क्व्होलासोथर र दोर्दी गाउँपालिकामा सर्वसम्मत चयन हुनुभएका उहाँहरु यसअघि पनि सभापति हुनुहुन्थ्यो भने दूधपोखरीका सभापतिमा चयन हुनुभएका गुरुङ जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ ।

यहाँका चार नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ । बेँसीशहर, राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा मतदान भएको हो । कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलका अनुसार मध्यनेपाल नेपालबाट वसन्तराज घिमिर सभापतिमा निर्वाचित हुनुभएको छ । राइनासमा भने मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि  भेटिएपछि मतदान स्थगन गरिएको जनाइएको छ ।