२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिशिष्ट पर्यवेक्षकहरुको नजरमा उपत्यकाको निर्वाचन कस्तो रह्यो ?



अ+ अ-

काठमाडौं । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले निर्वाचनको प्रथम चरणमा मतदाताहरुको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको बताएको छ ।

शुक्रवार मध्यान्ह गरेको पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका निर्वाचन पर्यवेक्षकहरुले शान्तिपूर्ण रुपमा चुनाव भइरहेको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ का पर्यवेक्षक कल्याण श्रेष्ठले शाीन्तपूर्ण रुपमा निर्वाचन भइरहेको बताउनु भयो ।

उहाँले राजनीतिक दलहरुले पनि संयमता अपनाएर निर्वाचनमा सहभागिता भएको र आम मतदाताहरुले पनि संयमता अपनाएको उल्लेख गर्नुभयो । उहाँले मतदानमा सहभागी हुनेमा ज्येष्ठ नागरिकहरु, महिलाहरु र अपाङ्गहरु पनि उल्लेख्य रहेको पाइएको बताउनु भयो । उहाँले अपाङग्हरुका लागि अपाङ्गमैत्री मतदान स्थल नभएकोले त्यसलाई आगामी दिनमा सुधार गर्नुपर्ने बताउनु भयो ।

उहाँले मतदाताहरुमध्येमा लगभग ८० प्रतिशत मतदाताले मतदाता परिचयपत्र लिएर मतदान गर्न आएको बताउनु भयो । पर्यवेक्षक श्रेष्ठले काठमाडौं जिल्लाका विभिन्न मतदान केन्द्रहरुको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।

पर्यवेक्षक श्रेष्ठले भन्नुभयो, ‘हामीले सामान्यतया शान्तिपूर्ण ढंगले भएको पायौँ । राजनीतिक दलहरुलेका त्यस्तो अराजक गतिविधि पाएनौँ। एकाध ठाउँमा केही ढिला भएको गुनासो बाहेक अन्य समस्या देखिएन । ज्येष्ठ नागरिकहरु, अपाङ्गहरु पनि उल्लेख्य रहेको पाइएको छ । साथै मतदान केन्द्र अपाङ्गमैत्री नभएको पाएँ । महिलाहरुको उपस्थिति पनि उल्लेख्य छ ।

सुरक्षाको वातावरण पनि राम्रो देखियो । हरेकलाई सोध्दा मतदाता परिचय पत्र लिएर नै ७० देखि ८० प्रतिशत मतदाताहरुले मतदाता परिचय पत्र लिएर उपस्थित भएको पाएँ । यो भनेको मतदान प्रक्रिया सरल तरिकाले भइरहेको छ । कुनै कुनै ठाउँमा सहायताको साथमा मतदान दिएको पायौँ । मतदान सफल ढंगले अघि बढेको छ । सन्तोषजनक छ ।’

त्यस्तै पूर्व प्रधान्यायाधीश तथा पर्यवेक्षक सुशीला कार्कीले भक्तपुरका विभिन्न ९ मतदान केन्द्रहरुको अवलोकन गर्नुभएको थियो । जसक्रममा मध्यान्ह १२ बजेसम्म अधिकांश स्थानमा महिला निर्वाचन अधिकृत पाइएको बताउनु भयो । त्यस्तै निर्वाचन भने शान्तरुपमा नै भइरहेको र मतदान केन्द्रमा व्यवस्थापकीय कुराहरुमा विशेष जोड दिएको पाइएको बताउनु भयो ।

पर्यवेक्षक कार्कीले भक्तपुरका केही स्थानमा उम्मेदवारहरुले मतदाताका लागि खानाको व्यवस्था आफ्नो घरमा गरेको पाइएको पनि बताउनु भयो । उहाँले मध्यान्हसम्म अधिकांश मतदान केन्द्रमा आधा भन्दा बढी मत खसिसकेको बताउनु भयो ।

पूर्व प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, ‘आज हामीले ८ बजेदेखि मतदान निरीक्षण गरेका हौँ । मैले अधिकांश भक्तपुरका मतदान केन्द्रहरुमा अवलोकन गरेको थिएँ । ९ वटा विभिन्न स्थानमा अवलोकन ग¥यौं । अधिकांश स्थानमा पुरुष मात्रै मतदान अधिकृत देखियो । ब्यासीमा महिला अधिकृत सबै रहेको पायौँ । निर्वाचन सबै ठाउँमा शान्त देखिन्छ । बुथको भौतिक समस्या देखिन्छ । नत्र सबै स्थानमा शान्त छ । सीमाडोल गाबिसमा एकजना उम्मेदवारले बिरामीहरुलाई हाम्रो गाडीबाट स्वीकारेको देखियो । ११ र १२ बजेको बीचमा आधा मत खसेको देखिन्छ । सुरक्षाको व्यवस्था राम्रो छ । महिला पुरुषको लाइन राखेको छ ।

चाँगुनारायाणमा सधैँ झगडा हुने ठाउँ रहेछ, त्यहाँ १४ सय मतदाता तामाङ जातीको हुनुहुँदो रहेछ । हामी बस्दै गर्दा पनि झडप हुन लागेको स्थिति देखियो । खाने व्यवस्था उम्मेदवारले घर घरमा गरेको जानकारी पायौँ । सूर्यविनायक गापा ९ मा मान्छे उम्मेदवारहरुले ओसारेको देखियो त्यहाँ अन्य स्थानको भन्दा सानो मतपत्र रहेको जानकारी रहेको प्राप्त भएको छ ।’

त्यस्तै पर्यवेक्षक एवं पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा मतदाताको उपस्थिति उल्लेख्य रहेको बताउनु भयो । उहाँले जुनकुनै उमेर समूहका मानिसहरु पनि आफ्नो मताधिकारको प्रयोगका लागि आएकोले सहभागिता उत्साहपूर्ण रहेको बताउनु भयो । उहाँले कुनै पनि मतदान केन्द्रमा निर्वाचन सामग्रीहरु नपुगेको गुनासो नआएको र सुरक्षा व्यवस्था पनि राम्रो भएको पाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले आज बिहान ८ बजेदेखि अवलोकन गरेँ । सहभागिताको हिसावबाट उत्साहजनक छ । जुनसुकै उमेरका मानिसहरु आफ्नो मताधिकार प्रयोग गर्न आएका छन् । व्यवस्थापनको प्रक्रिया हेर्दा कतै कुनै सामानहरु पुगेनन् भन्ने छैन । व्यवस्थित तरिकाले मतदान गरेको पाएका छौँ । मतदानमा खटिएका कर्मचारीहरुको स्वभाव पनि राम्रो देखियो । सबै किसिमले हेर्दा व्यवस्थापनको कुरामा राम्रो देखियो । राजनीतिक फाँटमा पनि निर्वाचनको कुरालाई प्रभाव पार्ने किसिमको व्यवहार देखिएन । सुरक्षा चुस्त छ । निर्वाचनको व्यवस्थापकीय पक्षमा गुणात्मक सुधार छ ।’

पर्यवेक्षक पोखरेलले निर्वाचनको व्यवस्थापकीय पक्षमा गुणात्मक सुधार देखिएको बताउनु भयो । पर्यवेक्षकको रुपमा उहाँले ललितपुर जिल्लाका मतदान केन्द्रहरुको अवलोकन तथा निरीक्षण गर्नुभएको थियो ।