२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राउतद्वारा मतदान



अ+ अ-

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबुराउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गर्नुभएको छ ।

मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले लोकतन्त्रको मेरुदण्डका रुपमा निर्वाचन रहेकाले निर्धक्क भई मतदानमा भाग लिन मतदातालाई आह्वान गर्नुभयो ।
प्रमुख, उपप्रमुखद्वारा मतदान

वीरगञ्ज महानगरपालिकाका मुख्य प्रतिस्पर्धी मेयर तथा उपमेयर सहितका उम्मेदवारले मतदान गर्नुभयो । नेकपा ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संयुक्त गठबन्धनबाट उम्मेदवार विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिका–१३ मा रहेको खाद्य संस्थान लिमिटेडस्थित मतदानस्थलबाट मतदान गर्नुभयो ।

यसैगरी सत्ता गठनबन्धक नेपाली कांग्रेस , राष्ट्रिय जनता पार्टी (राजपा), नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी (एस)को तर्फबाट संयुक्त उम्मेदवार राजेशमान सिंहले वीरगञ्ज महानगरपालिका–३ मा मालपोतमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभयो भने राप्रपाको तर्फबाट उम्मेदवार बन्नुभएका गिरिस गिरीले वीरगञ्ज महानगरपालिका–९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा मतदान गर्नुभयो ।