२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रगतको प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने



अ+ अ-

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकाका नागरिकलाई उपचारका क्रममा आवश्यक रगत लिँदा लाग्ने प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र उक्त गाउँपालिकाबीच भएको सम्झौताअनुसार पालिकाले प्रयोगशाला परीक्षणवापत लाग्ने शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो ।

कुनै पनि बिरामीलाई अन्य व्यक्तिको रगत उपलब्ध गराउँदा व्यक्तिको स्वास्थ्यमा समस्या वा केही रोग छ वा छैन भनी व्यक्तिको रगतलाई प्रयोगशालामा परीक्षणपश्चात् मात्र बिरामीलाई उपलब्ध गराउने गरिन्छ । अब परीक्षण शुल्क पालिकले व्यहोर्ने गरी रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु शाहले जानकारी दिनुभयो । विशेषगरी गाउँपालिकाका विपन्न एवं गरिब समुदायका बिरामीलाई सहुलियत मिलोस् भन्ने उद्देश्यले सो सम्झौता गरिएको उहाँले बताउनुभयो ।

यसअगाडि पालिकावासीलाई उपचारका क्रममा रगत आवश्यक परेमा रेडक्रसले परीक्षणवापत लाग्ने शुल्क लिएर मात्र रगत उपलब्ध गराउने गरेको थियो ।