४ भाद्र २०८३, बिहीबार
,
Latest
नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिष्पर्धात्मक खेलमा अंकको आधारमा शुस्मा पराजित



अ+ अ-

काठमाडौं । टर्किको ईस्तानबुलमा यहि सन् २०२२ को मई ९ तारिख देखि सञ्चालन भईरहेको आईवा उमन वल्र्ड बक्सिङ् च्याम्पियनशिपमा नेपाली खेलाडी ४६ देखि ४८ तौल समुहमा मंगोलियन खेलाडी संग स्पिलट डिसिजनमा पराजित हुन पुगेकि छन् । सुस्माले शानदार रुपमा निकै नै आत्म विश्वासका साथ फाईट खेलिन ।

सुस्मालाई आप्mनो जीतमा अटल विश्वास पनि थियो । उ निकै उत्साहित र उर्जावान थिई र जीतको लागि पुर्णतया तयारी अवस्थामा थिईन् । आप्mनो तर्फबाट पुरा तयारी गरेकि सुस्माले पहिलो राउण्डमा दोस्रोे र तेस्रो राउण्डको तुलनामा कम पन्च प्रहार गरिन र डिसिजन ३ः२ को आधारमा मंगोलियाको पक्षमा भयो ।

दोस्रो राउण्डमा उसले सुधार गरे पनि उसको लेफ्ट गार्ड खुल्ला र तल झरेका कारण फाईदा मंगोलियन खेलाडीले केहि स्कोर सजिलै गर्न सफल रहेको थियो । उसले पनि जवाँफी प्रहारहरु निरन्तर रुपमा गरी रहदा र स्कोर निरन्तर गरिरहदा पनि बलियो गार्ड राखेर खेलेकि मंगोलिन खेलाडीकै पक्षमा कुवेत र क्यूवाको जजले अन्य जजहरुको तुलनामा निर्णय दिएको अवस्था रहेको थियो ।

तेस्रो राउण्डमा सुस्माको दोस्रो राउण्डको भन्दा पनि लिडिङ्ग नै थियो । तर पनि क्यूवाको रेफ्रीले उचित निर्णय दिन नसक्दा खेल हार्नु पर्ने अवस्था आएको थियो । समग्रमा सुस्माले निकै नै राम्रो प्रयास गरेकि थिईन भने अलिकति उनको लिडिङ्ख हात तल झार्नु, पहिलो राउण्डमा अलिकति ढिलो हुनु नै समग्रमा खेलमा पछाडि पर्नुको मुख्य कारण थियो ।

त्यति हुदा हुदै पनि दोस्रो र तेस्रो राउण्ड एकतर्फि रुपमा सुस्माकै पक्षमा हुने पर्ने निर्णय भने जजको उचित मुल्याङ्कन नहुदाु नेपालले हार व्यहोर्नु परेको थियो ।