४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर

समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर
अ+ अ-

काठमाडौँ । विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ ।

रेटिनोब्लास्टो भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा (रेटिना)बाट पलाउने क्यान्सर हो र यो नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखापर्छ । तिलगङ्गा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले साताभरी विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइरहेको जनाएको छ । यो रोग करिब १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिन्छ र यो रोगले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको पाँच प्रतिशत ओगटेको छ ।

प्रतिष्ठानले अस्पताल हाताभित्र यससम्बन्धी जानकारी दिने ब्यानर, फ्लेक्स, ब्रोसर सहितको जानकारी डेस्क राख्नुका साथै आमसञ्चारका विभिन्न माध्यम तथा सामाजिक सञ्जालको पनि प्रयोग गरिरहेको प्रतिष्ठानका जनसम्र्पक अधिकृत सोनु कुँवर केसीले जानकारी दिनुभयो । प्रतिष्ठानमा साताभरि आँखामा क्यान्सर भएका बालबालिकाको निःशुल्क जाँच तथा उपचारको व्यवस्था गरिएको र वैशाख २६ गते त्रिवि शिक्षण अस्पतालको आँखा विभागमा दृष्टि एवं जीवन जोगाउन समयमै रेटिनोब्लास्टोमा पत्ता लगाई उपचार गर्ने विषयक अन्तक्र्रिया कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा विभिन्न अस्पतालबाट आएका बालरोग विशेषज्ञ साथै बालरोग आवासीय चिकित्सकलाई आँखा विशेषज्ञद्वारा यो रोग कसरी छिटो पत्ता लगाउने र उपचारको लागि जतिसक्दो छिटो आँखा अस्पतालमा पठाउने सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारका अनुसार रेटिनोब्लास्टोमा एउटा जटिल रोग भए तापनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामा नै उपचार गरेको खण्डमा बालबालिकालाई पूर्णरुपमा क्यान्सरमुक्त बनाउन सकिन्छ । साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ ।

उहाँका अनुसार रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालोनानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो । साथै रङ्गीन फोटोमा आँखाको नानीमा सेतो टीका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु, आखाँको आकार ठूलो हुँदै जानु र बाहिरतिर आउनु यसका लक्षण हुन् ।

समयमा उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुनसक्छ । यो क्यान्सर विस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम रहन्छ ।

डा राजकर्णिकारले भन्नुभयो, “कतिपयले यी लक्षणका जटिलतालाई बुझेका हुँदैनन् भने कतिपयले बच्चाको रोगलाई लुकाउन अस्पताल जानमा ढिलाइ गर्छन् । यिनै कारणले गर्दा यो रोग लागेका बालबालिका अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेका हुन्छन् ।”

नेपाल लगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत रहेको छ, विकसित देशमा भने पाँच प्रतिशत भन्दा कम पाइएको छ । यो रोग लागेका बालबालिकामध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ । दुवै आँखामा देखापरेमा यो रोग वंशाणुगत हुने तथा शरीरका अन्य भागमा पनि क्यान्सर देखिने सम्भावना हुन्छ ।

यो रोगको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी, थरमोथेरापी, क्रायथेरापी र रेडियोथेरापी प्रमुख उपचार पद्दति हुन । प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्षदेखि हुँदै आइरहेको छ । विगत ६ वर्षदेखि आँखाको क्यान्सर रोग विभागबाट डा राजकर्णिकारद्धारा अझ विस्तृत रुपमा यसको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ‘ओपन आइज नेपाल’को सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको छ । रासस