२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जे भन्छौँ, पूरा गरेरै छाड्छौँ– देउवा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले जे भन्छ त्यो पूरा गरेरै छाड्ने बताउनुभएको छ ।

उहाँले नेपाली कांग्रेसलाई भोट माग्दै नेपाली कांग्रेसले मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा नपार्ने बताउनुभयो ।

मंगलबार एक अपिल जारी गर्दै उहाँले स्थानीय तहको निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयनमा पुनः एक पटक इँटा थप्ने अवसर कांग्रेसलाई प्राप्त भएको उल्लेख गर्नुभयो ।

सभापति देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि उपयुक्त पात्रलाई राजनीतिको बागडोर जिम्मा लगाउने अधिकार मतदाताको हातमा आएको भन्दै स्थानीय तह निर्वाचनमा मत व्यक्त गर्दा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “अरु कुरा गर्छन्, हामी काम गर्छौं । ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो ।”

संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दा कांग्रेसले संविधानको रक्षा गरेको उहाँले दावी गर्नुभयो । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको भन्दै सभापति देउवाले गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे सबै जानकार रहेको बताउनुभयो ।