३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदी अवतरण नगर्ने

नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदी अवतरण नगर्ने
file photo
अ+ अ-

काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गर्ने छैनन् ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटर टाढा रहेको लुम्बिनीमा प्रधानमन्त्री मोदीको हेलिकप्टर सिधै जानेछ । प्रधानमन्त्री मोदी लुम्बिनी जाँदा सो विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।

करिब १० वर्षमा करिब ४० अर्ब नेपाली रुपैयाँमा निर्माण भएको यो अन्तर्राष्ट्रिय विमानस्थलले बर्सेनि १० लाख यात्रु ओसारपसार गर्ने क्षमता राखे पनि राम्रोसँग बजारीकरण हुन सकेको छैन ।

प्रधानमन्त्री मोदीका लागि लुम्बिनीमा हेलिप्याड बनाइएको छ । प्रधानमन्त्री मोदीले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रको उद्घाटन गर्नेछन् । प्रधानमन्त्री मोदी र देउवाले बौद्ध विहारको पनि शिलान्यास गर्ने कार्यक्रम छ ।

नेपाली विमानस्थल गोरखपुर एयरबेस नजिकै

बुद्ध सर्किटको प्रवद्र्धनमा नेपाल र भारतबीच कहिल्यै सहमति हुन सकेको छैन । भारतले अर्बौं डलरको बुद्ध सर्किट बनाउने योजना अघि सारे पनि यो योजना सफल हुन सकेको छैन ।

विश्वमा बुद्ध धर्म मान्ने ४५ देखि ४८ करोड मानिस छन् र भारत र नेपाल दुवैको नजर उनीहरुमाथि छ ।

नेपालको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भारतीय वायुसेनाको गोरखपुर एयरबेस नजिकै रहेको र यही कारणले गर्दा भारतले भैरहवा र नेपालगन्ज नजिकैको हवाई क्षेत्र खोल्न बेवास्ता गरिरहेको छ । नवभारत टाइम्सबाट