२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको उपस्थितिमा कानुन दिवस मनाइयो



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सर्वोच्च अदालतले आज कानुन दिवस मनाएको छ ।

सर्वोच्च अदालत परिसरमा आयोजना गरेको उक्त समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको उपस्थिति थियो ।

त्यस्तै, समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, सर्वोच्च अदालतका न्यायाधीशहरु, उच्च अदालतका मुख्य न्यायाधीश, जिल्ला न्यायाधीशहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले पूर्वन्यायाधीशहरु हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, मीनबहादुर रायमाझी र अनुपराज शर्मालाई सम्मान गर्नुभएको थियो । उक्त अवसरमा चार पूर्वप्रधानन्यायाधीश र ११ न्यायाधीशहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने सर्वोच्च अदालतका न्यायाधीशहरुमा कृष्णजङ्ग रायमाझी, अरविन्दनाथ आचार्य, उदयराज उपाध्याय, राजेन्द्रराज नाख्वा, टोपबहादुर सिंह, ज्ञाइन्द्रबहादुर श्रेष्ठ, पवनकुमार ओझा, शारदा श्रेष्ठ, हरिजङ्ग सिजापति, वद्रीकुमार बस्नेत र राजेन्द्रकुमार भण्डारी रहनुभएको छ । राष्ट्रपति भण्डारीले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

नेपालमा प्रधानन्यायालयसम्बन्धी ऐन २००८ लागू भएको दिनको स्मरणका रुपमा हरेक वर्ष वैशाख २६ गते कानुन दिवसको रुपमा मनाउने गरिएको छ ।