२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको उपस्थितिमा कानुन दिवस मनाइयो



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सर्वोच्च अदालतले आज कानुन दिवस मनाएको छ ।

सर्वोच्च अदालत परिसरमा आयोजना गरेको उक्त समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको उपस्थिति थियो ।

त्यस्तै, समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, सर्वोच्च अदालतका न्यायाधीशहरु, उच्च अदालतका मुख्य न्यायाधीश, जिल्ला न्यायाधीशहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले पूर्वन्यायाधीशहरु हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, मीनबहादुर रायमाझी र अनुपराज शर्मालाई सम्मान गर्नुभएको थियो । उक्त अवसरमा चार पूर्वप्रधानन्यायाधीश र ११ न्यायाधीशहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने सर्वोच्च अदालतका न्यायाधीशहरुमा कृष्णजङ्ग रायमाझी, अरविन्दनाथ आचार्य, उदयराज उपाध्याय, राजेन्द्रराज नाख्वा, टोपबहादुर सिंह, ज्ञाइन्द्रबहादुर श्रेष्ठ, पवनकुमार ओझा, शारदा श्रेष्ठ, हरिजङ्ग सिजापति, वद्रीकुमार बस्नेत र राजेन्द्रकुमार भण्डारी रहनुभएको छ । राष्ट्रपति भण्डारीले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

नेपालमा प्रधानन्यायालयसम्बन्धी ऐन २००८ लागू भएको दिनको स्मरणका रुपमा हरेक वर्ष वैशाख २६ गते कानुन दिवसको रुपमा मनाउने गरिएको छ ।