२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीको आरोपमा काँग्रेसको प्रतिवाद,ओली जी प्रचार गर्न सिपालु: प्रवक्ता महत



अ+ अ-

काठमाडौं ।सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दावी गर्नु भएको छ ।

प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताउनु भएको हो ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ओलीले नचाहेपनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले सत्तारुढ दलमा आवद्ध अन्य दलहरुले पनि ओलीलाई साथ दिने कुनै सम्भावना नरहेको बताउनु भयो । प्रवक्ता महतले भन्नु भयो, ‘केपी ओली सबै कोणबाट असफल भईसकेका छन ।

अव के मुखले उहाँले भोेट माग्ने ? पाँच वर्षका लागि निर्वाचित सरकार साँढे ३ वर्षमै दुई पटक हात उठायो । उहाँले बर्बाद गरेपछि सरकारले नेतृत्व काँग्रेसले लिनुप¥यो । अव उहाँले सुशासनका कुरा, कानुनी शासनको कुरा, संविधानको कुरा, विकासको कुरा, भ्रष्टाचारमुक्त शासनको कुरा गर्न मिल्छ, कमिशनको पर्खाईमा रहँदा कोभिडको बेहालस्थिति बनाइयो । अहिले व्यवस्थापन भएको छ । कमिशनका काण्ड नियन्त्रण गरिएको छ । अव हामीले गठबन्धनलाई अगाडि बढाऔं । यद्यपि उहाँले यो रहँदैन, चल्दैन भन्नु भएको छ । हो, उहाँ त अवश्य पनि नचलोस भन्ने चाहनुहुन्छ । हामीलाई सिन्सियर छौं । काँग्रेस, यो लोकतन्त्रलाई बलियो पार्न, संविधानलाई बलियो पार्नका लागि यो सहयात्रा गर्न हामी तयार छौं । हामीलाई विश्वास छ–हाम्रा सहयात्री दलहरु पनि त्यही मान्यता अनुसार उहाँहरु ओलीतिर जानु हुन्न । र यो लोकतान्त्रिक यात्रामा अगाडि बढनुहुनेछ भन्ने हामीलाई लागेको छ । कुनै पनि मानेमा ओलीजीले फेरी पनि मत माग्ने आधार छैन ।

स्थानीय निकायकै कुरा गर्ने हो भने पनि १० वटा उत्कृष्ट कार्य सम्पादन मध्ये ६ वटा हाम्रो उत्कृष्ट छ । बाँकि ३ वटामा पनि अन्य सहयोगी दलहरु एउटा मात्रै उहाँको उत्कृष्ट देखिएको छ । स्थानीय कोणबाट हेर्दा पनि हामीनै बलियो छौं । राष्ट्रिय कोणबाट हेर्दा पनि नेपाली काँग्रेसको नेतृत्व नै ठिक देखिन्छ । हामी जब्बरजस्ती तन्त्र चल्न दिँदैनौं । कहीँ पनि नेपाली काँग्रेसका कार्यकताहरुले निर्वाचनको दौरानमा आक्रमण गरेका छैनन् । हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छौं । हामी सत्ताको दूरुपयोग कहिल्यैं गर्दैनौं । उहाँहरुको जस्तो आफ्नो हातमा परेपछि पुलिस प्रशासन त्यही बाटोमा हुनुहुन्थ्यो उहाँहरु । पार्टी अनुकूल होईन, उहाँको अनुकूल बनाउँदै हुनुहुन्थ्यो । सबैले विना डर मताधिकार प्रयोग गर्न पाउँछन । तर उल्टो हामीमाथि ठाउँठाउँमा आक्रमण भईरहेको छ ।’

प्रवक्ता महतले निर्वाचनको शिलशिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरुमा आफ्ना पार्टीका कार्यकर्ताहरुमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो । प्रवक्ता महतले नेपाली काँग्रेसको सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनमा प्रचार गएकाले उहाँले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्न नमिल्ने पनि बताउनु भयो ।

 




भर्खरै