६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा २४ घण्टामा तीन हजार ४५१ कोरोनाका नयाँ सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २ हजार १९४ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ । २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमितमध्ये एक हजार ४०७ राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा पाँच हजार ९५५ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ६४ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित २० हजार ६३५ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

चौविस घण्टाको समयावधी अर्थात शनिबार मध्यरातिसम्म तीन हजार ७९ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ५७ हजार ५९५ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।




भर्खरै