६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

मतदाताको प्रश्न: घण्टाघरको सुई कहिले घुम्छ ?

मतदाताको प्रश्न: घण्टाघरको सुई कहिले घुम्छ ?
अ+ अ-

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १० वर्षदेखि घुम्दैन । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् । विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकालको पाँच वर्ष बिताउँदैछन् । उनीहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सकेनन् । यसपटकको स्थानीय तह निर्वाचनमा तिनै नेता र उम्मेदवारलाई मतदाताले सोध्ने गरेका छन्, “घण्टाघरको सुई कहिले घुम्छ ?”

प्रमुख राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धतामा ठूल्ठूला आश्वासन देखाए पनि मतदाता भने जिल्लाको पहिचान बनेको पर्यटकीयस्थलमा घण्टाघरमा कम्तीमा घडी चलाउनुपर्ने माग गरिरहेका छन् । वीरेन्द्रनगरमा घरदैलो गरिरहेका दलहरू विशेषगरी नेपाली कांगे्रस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारलाई यही प्रश्न मतदाताले दोहो-याउने गरेका छन् ।

वीरेन्द्रनगर–६ घण्टाघर लाइनका तिलक भण्डारीले सामान्य काम नगर्ने नेताहरूबाट ठूला–ठूला आश्वासन पूरा हुन्छन् भन्ने विश्वास नरहेको बताउनुभयो । “१० वर्षदेखि बन्द रहेको घडी चलाउन सक्ने जनप्रतिनिधि पाएनौँ”, उहाँले भन्नुभयो, “यसपटक पनि उम्मेदवारका घोषणापत्रमा यो कुरा उल्लेख भएको रहेनछ, त्यसैले भोट माग्न आउने जतिसँग घण्टाघरले कहिले पुनर्जन्म पाउँछ रु भनेर सोध्न थालेका छौँ ।”

वीरेन्द्रनगर–५ को घरदैलोमा आउनुभएका रापप्रा नगरप्रमुखका उम्मेदवार मुकुन्दश्याम गिरीलाई पनि मतदाताले यही प्रश्न तेस्र्याए । गिरीले मतदातामाझ आफू निर्वाचित भएलगत्तै नयाँ घडी राख्नुका साथै घण्टाघर क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनुभयो । विसं २०६१ मा नगरप्रमुख तथा तत्कालीन लाटीकोइली गाउँपञ्चायतको प्रधानपञ्च भई काम गरिसक्नुभएका उहाँले वीरेन्द्रनगरको गुरुयोजनाबमोजिम काम गर्नुपर्ने बताउनुभयो ।

भेरी नदीमा पक्की पुल निर्माण सम्पन्नपछि त्यहाँ बचेको निर्माण सामग्रीबाट चीन सरकारले उपहारस्वरुप वीरेन्द्रनगरको मध्यभागमा घण्टाघर बनाइदिएको हो । घण्टाघरबाट सुर्खेत उपत्यका अवलोकन गर्न सकिन्छ । पछिल्ला वर्ष नगरपालिकाले घण्टाघर उद्यानको सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिए पनि घडी भने परिवर्तन गरिएको छैन । नगरवासीले घण्टाघरको पहिचान गुम्न नदिन कम्तीमा घडी चलायमान गराउनुपर्ने माग राख्दै आएका छन् ।

घण्टाघरको आँगनमा रहेको नगरपालिका कार्यालय र उत्तरपूर्वी क्षेत्रमा अवस्थित प्रदेश सरकारसमेत अनदेखा भएको नगरवासीको गुनासो छ । स्थानीय होटल व्यवसायी जनक कार्कीले प्रदेश सरकारले पर्यटनमा बर्सेनि करोडौँ बजेट खर्च गरे पनि घण्टाघरमा नयाँ घडी राख्न नसकेर गैरजिम्मेवारपन देखाइरहेको आरोप लगाउनुभयो ।

राप्रपा नगरप्रमुखका उम्मेदवार गिरी मात्र होइन, यसपटक मतदाताले कांगे्रस र एमाले नगरप्रमुखका उम्मेदवारसमक्ष ठूला–ठूला विकास योजना मागेका छैनन् । मतदाताले घण्टाघरमा नयाँ घडी राख्नुपर्ने, खानेपानीको समस्या चाँडो अन्त्य हुनुपर्ने, सडकका खाल्डाखुल्डी पुर्नुपर्ने, पार्किङ व्यवस्थापन, नगरबस सञ्चालनजस्ता माग राखेका छन् । जबकि मतदाताका अघिल्लोपटक पनि यिनै माग थिए । उम्मेदवारले प्रतिबद्धतापत्रमा अघिल्लोपटक जस्तो यसपाला महत्वाकाङ्क्षी योजना समावेश गरेका छैनन् । नगरवासी मतदातालाई उम्मेदवारले पाँच वर्षको अनुभवका आधारमा स–साना काम पूरा गरेर मात्र ठूला काममा हात हाल्ने वचन दिने गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वडा छन् । मतदाता सङ्ख्या ६७ हजार छ । वीरेन्द्रनगरको प्रमुख पदका लागि कांगे्रस–माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार कांगे्रसका उपेन्द्र खड्का, एमालेकी मोहनमाया ढकाल, एकीकृत समाजवादीकी धना शाही, राप्रपाका मुकुन्दश्याम गिरीलगायत चुनावी मैदानमा छन् । रासस