२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकी रहेका विकास र पूर्वाधारका कामलाई अगाडि बढाउने रेनु दाहालको प्रतिबद्धता



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले पाँच वर्ष अघि नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार भई विजयी हुँदा गरेका प्रतिबद्धता धेरै पूरा गरेको बताउनुभएको छ ।

भरतपुरमा बिहीबार सुरु भएको पाँच दलीय गठबन्धनको चुनावी सभामा उहाँले पछिल्लो पाँच वर्षमा जनता र प्रतिपक्षीको अगाडि आँखामा आँखा जुधाएर गर्व गर्न लायक काम गरेको दावी गर्नुभयो ।

यो बीचमा विकासका थुप्रै काम अगाडि बढाएको, विकास र पूर्वाधारको क्षेत्रमा स्मार्ट सिटीका रुपमा गुरुयोजना बनाएको र त्यही गुरुयोजनाअनुसार आवश्यक पूर्वाधार र योजना तयार गरेर अगाडि बढेको बताउनुभयो ।

उहाँले भोलिका दिनमा पनि गठबन्धनको साझा उम्मेदवारका रुपमा अगाडि बढ्ने र बाँकी रहेका विकास र पूर्वाधारका कामलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।