३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनलाई लक्षित गरी नेविसङ्घको परिचालन समिति गठन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी केन्द्रीय परिचालन समिति गठन गरेको छ ।

नेविसङ्घले यही वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय तह निर्वाचनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउँदै काँग्रेसका उम्मेदवारलाई विजयी गराउनका लागि केन्द्रीय परिचालन समिति गठन गरिएको जानकारी दिनुभयो ।

नेविसङ्घले प्रत्येक स्थानीय तहमा एक/एक प्रतिनिधि परिचालन गरेको छ । परिचालन समितिले पार्टीको चुनावी अभियान सफल पार्न र कांग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शेर्पाको भनाइ छ । नेविसङ्घले खटाएका प्रतिनिधिले पार्टीले खटाएका प्रतिनिधिसँग सहकार्य गरेर प्रत्येक मतदान केन्द्रमा स्वयम्सेवकको रुपमा युवा विद्यार्थीलाई परिचालन गर्ने उहाँले बताउनुभयो ।

यसैबीच नेविसङ्घले काँग्रेसका उम्मेदवारलाई वडा तहमा विजय गराउनका लागि एक हजार ५९१ सदस्यीय प्रचारप्रसार समितिसमेत गठन गरेको छ ।




भर्खरै