३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सूचना आयोगद्वारा विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कारको घोषणा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार, उत्कृष्ट सूचना अधिकारी पुरस्कार र उत्कृष्ट कर्मचारी पुरस्कार विभिन्न व्यक्तिलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको १५औँ वार्षिकोत्सवका अवसरमा आज ती पुरस्कारको घोषणा गरिएको हो ।

यस वर्षको विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार–२०७९ बाट दुर्गा आचार्य (जलजला गाउँपालिका–७, पर्वत), कैलाश माझी (सप्तकोशी नगरपालिका ११, सप्तरी), उमिद बागचन्द (धनगढी उपमहानगरपालिका १, कैलाली) र मनोज रौनियार (वीरगञ्ज महानगरपालिका–८, पर्सा) पुरस्कृत हुनुभएको आयोगले जनाएको छ ।

यसैगरी उत्कृष्ट सूचना अधिकारी पुरस्कार–२०७९ बाट सत्यनारायण हुजदार (चौदण्डीगढी नगरपालिका, उदयपुर), गोकर्णराज वाग्ले (व्यास नगरपालिका, तनहुँ), दुर्गाप्रसाद शर्मा (जिल्ला समन्वय समिति, बाग्लुङ), निर्मल लामा (कमलामाई नगरपालिका, सिन्धुली) र राजु अर्याल (यातायात व्यवस्था सेवा कार्यालय, हेटौँडा) रहनुभएको छ । उत्कृष्ट कर्मचारी पुरस्कारबाट विश्वबन्धु पौडेल (उपसचिव), डिल्लीराम भट्ट (शाखा अधिकृत) र हेमन्त रिज्याल (नायब सुब्बा) ले प्राप्त गर्नुभएको छ । आयोगको स्थापना दिवस बिहीबार वैशाख २२ गते एक समारोहको आयोजना गरी ती पुरस्कार प्रदान गरिने आयोगका सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाले जानकारी दिनुभयो ।

आयोगको स्थापना दिवसका अवसरमा सूचनाको हकमा कार्यरत संस्था, आमसञ्चारका माध्यम तथा सबैमा सूचनाको हकसम्बन्धी संवद्र्धन र संरक्षण हुने कार्यक्रम आयोजना, प्रचारप्रसार, प्रकाशन तथा प्रसारण एंव परिसम्वाद जस्ता कार्यक्रम गरी सूचनाको हकको प्रचलनमा सघाउ पु¥याउन आयोगले आग्रह गरेको छ ।




भर्खरै