४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

रुखको सेपमुनि हुर्कंदै गरेको भूइँकटहर

रुखको सेपमुनि हुर्कंदै गरेको भूइँकटहर
अ+ अ-

काठमाडौ । स्थानीय तह निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ । त्यसैले यतिखेर देश निर्वाचनमय भएको छ । स्थानीय तह भनेका जनताका गाउँ घरका सरकार हुन् । त्यसैले यिनलाई स्थानीय सरकार पनि भन्ने गरिएको छ ।

कोरोना महामारीका समयमा यी स्थानीय तहले निर्वाह गरेको भूमिकाले पनि यी तहलाई स्थानीय सरकार भन्दा हुने देखिन्छ । पछिल्लो समयमा स्थानीय तहहरुको बढ्दो प्रभाव र भूमिकाका कारण पनि यतिखेरको निर्वाचन थप पेचिलो बन्दै गएको छ ।

देशको समग्र निर्वाचन क्षेत्रको भन्दा धेरै पेचिलो छ भरतपुरको निर्वाचन । जहाँ प्रमुखमा माओवादी पार्टीले उम्मेदवार उठाएको छ र उम्मेदवार छिन् पार्टी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल । अनि समर्थन गर्ने पार्टी नेपाली कांग्रेस ।

यो निर्वाचन कसरी आफ्नो पक्षमा पार्ने भन्ने अनेक तिकडमहरुका बाबजुद यस वर्षको निर्वाचनमा पनि कांग्रेसको प्रजातान्त्रिक इतिहास चुक्ने त होइन भन्ने त्रास कांग्रेसीजनमा छ । किनभने अघिल्लो निर्वाचनमा पनि कांग्रेसले नै मतपत्र च्यात्नेसम्मका हर्कत गरेर रेणुलाई नै जिताएको थियो ।

अहिले बागी उठेका छन् कांग्रेसबाट जगन्नाथ पौडेल । पौडेल कांग्रेसका पुराना नेता । जो विपी कोइराला चितवन जाँदा स्वागत गर्न पुग्दथे । ती नेतालाई चितवनका कांग्रेसीजनले आड भरोसा दिएका छन् । नदिउन् पनि किन ? स्थानीय चुनाव आओस् कि संसदको रुखमा भोट हाउल्न पाउँदैनन् यहाँका कांग्रेसी कार्यकर्ताहरु । अहिले पनि त्यस्तै भयो । त्यसैले कांग्रेसीजनलाई जगन्नाथ साथ बनेका छन् ।

यता कांग्रेसले उनलाई कारबाही गरेको छ । लाग्छ जगन्नाथ हजुरबा पुस्ताका नेता हुन् र अहिलेका कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश नाती । उनीहरुले जगन्नाथलाई कारबाही गर्दा हात काम्यो कि कामेन होला ? नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा अहिले आएर यस्तो अवस्था देखिएको छ । चुनावैपिच्छे कांग्रेसले रुखमा भोट हाल्न नपाउने, माओवादीलाई भोट दिनुपर्ने । आफ्नै पार्टीलाई मत दिन पाउँ भन्ने माग गर्ने जगन्नाथ जस्ता नेता कार्यकर्ताहरु कारबाहीमा पर्ने । के यो सत्ता प्राप्तिबाहेक अरु के कारणले भएको होला ?

फेरि अर्काे परिस्थिति यस्तो बनिदियो कि बागी उठेका जगन्नाथलाई सम्झाउनका लागि उमेश श्रेष्ठहरु घरघरमा जानुपर्ने अवस्था आयो । जगन्नाथ र उमेश कांग्रेस पार्टीमा लागेको इतिहास कति छ ? यसको मूल्यांकन पनि चितवनका कांग्रेसीजनले गरिरहेकै छन् । आज बालकृष्ण खाँड र उमेशहरु जगन्नाथको घरमै पुगेर प्रजातन्त्र, नेपाली कांग्रेस र सत्ताका बारेमा सम्झाइ बुझाइ गर्नुपर्ने अवस्था आयो । लाग्छ यस्तै कारणहरुले कांग्रेसको सेपमा भूइँकटर उम्रिन खोजेको हो ।

पार्टीले कारबाही गरेपछि स्वतन्त्र उम्मेदबारको हैसियत पाएका जगन्नाथको चुनाव चिह्न हो भूइँकटहर । तर यहाँका कांग्रेसीजनहरुका लागि भूइँकटहर नै रुख हो । किनभने चुनावैपिच्छे हसिया हथौँडामा मत हाल्दा उनीहरु वाकदिक भएका छन् । त्यसैले रुखै पाए पनि उनीहरुले यसलाई अब रुखकै मान्यतामा राखेका छन् र भन्दैछन्– रुखको सेपै भए पनि भूइँकटहर हुर्कंदैछ भूइँकटहर ।

सत्तारुढ गठबन्धनले भोलि चितवनमा चुनावी सभा गर्दैछ । सायद आचार संहिताको उल्लंघन हुदैन भने पार्टी सभापति शेरबहादुर देउवा पनि त्यहाँ जान्छन् नै होला । अनि गठबन्धनभित्रका कांग्रेसी नेताहरु भन्दैछन्– यहाँ आएर देउवाले जगन्नाथलाई गाली गरे भने सबै कांग्रेसीजन बिच्किने छन् । त्यो खतराबाट देउवा कसरी टाढा बस्न सक्लान् भन्ने त बालुवाटारले नै जानोस् तर चितवनमा कांग्रेसका कार्यकर्तालाई कुनै पनि कांग्रेस नेताले अनादार गर्नुका कुनै तुक छैन । किनभने उनीहरुले यहाँका कांग्रेसलाई कांग्रेस हुनै दिएका छैनन् ।

अघिल्लो चुनावको हर्कतले कांग्रेसको प्रजातान्त्रिक इतिहास र चरित्रमा कालो धब्बा लगाइदिएको छ । नागरिक स्वतन्त्रता, आवधिक निर्वाचनसहितको लोकतान्त्रिक व्यवस्थाका लागि राणादेखि राजा ज्ञानेन्द्रसम्मको लडाइँको नेतृत्व गरेको कांग्रेसले चुनावमा मतपत्र च्यात्ने काम गरेर जुन बदनाम कमायो त्यसैले आज यो पार्टी यो हालतमा पुगेको छ ।

यसपालि पनि रुखको सेपमा भूइँकटहरहरुलाई हुर्किन नदिन आगामी दिनमा हुनसक्ने कामको आँकलनले नै पनि अहिले नै चितवन मात्र नभएर देशैभरका कांग्रेसीजनले जिब्रो टोक्न थालिसकेका छन् । यसपालि कांग्रेस पार्टीको लोकतान्त्रिक सिद्धान्तमा कुनै घुन पुत्ला नलागोस भन्ने कांग्रेसीजनको विनय कतै विलय नगराइयोस् भन्ने चाहन्छन् उनीहरु ।