४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो

बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमहरुलाई विज्ञापनको कारोबार गर्न नदिने तयारी

बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमहरुलाई विज्ञापनको कारोबार गर्न नदिने तयारी
अ+ अ-

काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमहरुलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आगामी साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न लागिएको बताउनु भएको हो । त्यसका लागि बोर्डले तत्काल सबै सञ्चार माध्यमहरुको सूचीकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको छ ।

बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीहरुले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईले बताउनु भयो ।

बोर्डले शुक्रबार र शनिबार (हिजो र आज) काठमाडौंमा आयोजना गरेको विज्ञापन सम्बन्धि तालिम कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘विज्ञापन बोर्डले निकट भविष्यमा नै सञ्चार माध्यामहरुको सूचीकरण गर्ने, सञ्चार माध्यामहरुलाई वर्गीकरण गर्ने र सञ्चार माध्यामहरु विज्ञापन बोर्डमा सूचिकरण नभई विज्ञापनको कारोबार गर्न नपाउने एउटा व्यवस्था गर्दैछौं भने अर्को विज्ञापन एजेन्सीहरु पनि विज्ञापन बोर्डमा सूचिकरण हुनुपर्ने र सूचिकरण भएपछि मात्रै विज्ञापनको कारोबार गर्न पाउने गरी हामी व्यवस्थापन गर्दैछौं । यी व्यवस्थाहरु आगामी साउन १ गतदेखि लागू हुनेछन ।’

बोर्डले विज्ञापन बजारलाई पारदर्शी बनाउन, विज्ञापन व्यवसायमा संलग्नहरुलाई दक्ष बनाउन सो तालिम संचालन गर्नु परेको पनि स्पष्ट पारेको छ । बोर्डले आगामी वर्ष विज्ञापन बजारको अनुसन्धान गरी उनीहरुको साईज एकीन गर्ने, आम सञ्चार माध्यामहरुको लोकप्रियताको समेत एकीन हुने गरी रिसर्चको काम सम्पन्न गरी त्यसलाई सार्वजनिक गर्ने योजना पनि तय गरेको छ ।

बोर्डका अध्यक्ष हुँमागाईले भन्नु भयो, ‘यो तालिममा विज्ञापन नियमन गर्ने ऐन, विज्ञापनको आचारसंहिता, विज्ञापनको क्रियटिभिटी, ब्राण्डिङ, रिसर्चलगायतका विभिन्न विषयहरुमा प्रशिक्षण दिईरहेका छौं । र, यो प्रशिक्षणबाट विज्ञापन व्यवसाय गर्ने व्यक्तिहरुको क्षमता विकास हुने, उनीहरुले आफ्नो कामलाई अझ बढि प्रभावकारी ढंगले संचालन गर्न सक्ने, विज्ञापन बजारलाई पारदर्शी बनाउन सकिने अपेक्षा राखेका छौं । र, यो तालिमबाट हामीलाई के सिकाई भएको छ भने सबभन्दा पहिलो कुरा विज्ञापन बजारको साईजको अनुसन्धान गर्नुपर्ने, दोस्रो चाँही सञ्चार माध्यामहरुको सर्कुलेशन एकीन गर्नुपर्ने । तेस्रो, विज्ञापन बजारलाई पारदर्शी बनाउनुपर्ने । आगामी वर्ष विज्ञापन बोर्डको विज्ञापन बजारको अनुसन्धान गर्नेछ । र, यो बजारको साईजलाई एकीन गर्नेछ । यसलाई निकट भविष्यमै सार्वजनिक गर्नेछ ।’

विज्ञापन बोर्डले हाल तर्जुमा गरिएको विज्ञापन ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न पनि विज्ञापन व्यवसायमा संलग्नहरुलाई त्यस सम्बन्धि तालिम दिने कामलाई निरन्तरता दिन लागिएको जनाएको छ ।