२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिरबाट लडेर मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

बागलुङ । बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आज भिरबाट लडेर मृत्यु भएको हो ।

घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लड्नुभएको थियो । उहाँलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

थापाको टाउकामा गहिरो चोट लागेको थियो । उहाँको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ । थापा गोरेटो बाटोदेखि दुईसय मिटर तल खस्नुभएको थियो ।