१२ मंसिर २०८१, बुधबार
,
Latest
बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताको बैठक सरकारको निर्देशन बमोजिम नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछुः अध्यक्ष श्रेष्ठ ५५ करोडको अनलाइन सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ धरहराबाट उपत्यका नियाल्ने रहर एनपीएलको उद्घाटन खेलको टिकट ३ दिन बाँकी छँदै ‘सोल्ड आउट’ नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा हावाहुरीले १४ लाख बढीको क्षति



सांकेतिक तस्बिर
अ+ अ-

जलेश्वर । गए राति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीका कारण विद्यालय, पोल्ट्री फार्म तथा घरमा १४ लाख बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित कुलदीप निमाविको पूरै छाना उडाउँदा रु चार लाखको क्षति भएको हो ।

त्यस्तै सोही नगरपालिकाको वडा नं ३ मा स्थानीय शम्भु यादवले सञ्चालन गरेको पोल्ट्री फार्मको छानो उडाउँदा रु तीन लाख ५० हजारको क्षति भएको छ । हावाहुरीले जिल्लाको महोत्तरी गाउँपालिका–२ बस्ने सत्यनारायण मण्डलको खपराको घर पूरै लडाउँदा रु पाँच लाख, सुकेश्वर मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा रु ६० हजार र रामाज्ञा मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा रु ९५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसरी हावाहुरीले महोत्तरीको विभिन्न पालिकामा गए राति रु १४ लाख पाँच हजार बराबरको क्षति पु¥याएको प्रहरीले जनाएको छ ।