३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानको शौचालयमा सुन फेला, विमानका कर्मचारी पक्राउ



अ+ अ-

काठमाडौँ । बिहीबार दुबईबाट काठमाडौँ आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा राखिएको डस्टबिनमा दुई केजीभन्दा बढी सुन फेला परेको छ ।

प्रहरीले शौचालयको डस्टबिनमा दुई केजी २३२ ग्राम सुन फेला पारेपछि विमानमा कार्यरत सरसफाइ कर्मचारीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

बिहीबार पाँचथर घर भएका मीनकुमार माबो र नुवाकोट घर भएका सुमन तामाङले दुबईबाट सुन ल्याएको प्रहरीले जनाएको छ । उनीहरुले सो सुन शौचालयको डस्टबिनमा छोडेर हिँडेका थिए । पछि सफाइ कर्मचारीले सुन निकालेर कर्मचारी निस्कने गेटतर्फबाट निस्कँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरका २८ वर्षीय राजेश राई, दोलखा गौरीशङ्करका ४१ वर्षीय ट्याक्सी चालक हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिका सुपरभाइजर सप्तरी घर भएका ताराकान्त चौधरी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको शौचालय प्रयोग गरेर पनि सुन तस्करी हुने गरेको यस घटनाले देखाएको छ ।