२४ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाका तीन विद्यालय पुनः बन्द



अ+ अ-

झापा । बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो,  खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् । 
 
बन्द भएका सामुदायिक विद्यालय बुद्धआदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारीदिनुभयो । 

उहाँले बुद्धआदर्शका शिक्षकलाई कोरोना पोजेटिभ देखिएको र अन्य दुई विद्यालयका विद्यार्थीमा खोकी लाग्ने ज्वरो आउने समस्या देखिएका कारण बन्द गरिएको बताउनुभयो । यही असोज ४ गतेदेखि मात्र विद्यार्थीको भौतिक उपस्थितिमा पालिकाका १६ सामुदायिक विद्यालय, १७ निजी विद्यालय र एउटा धार्मिक विद्यालयमा पठनपाठन सुरु गरिएको थियो । विद्यालय खोलिएको एक हप्ताभित्रमै ज्वरो आउने र खोकी लाग्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेपछि पालिकाको शिक्षा शाखा तथा विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा बुधबारदेखि पठनपाठन बन्द गरिएको बर्ने माविका प्रधानाध्यापक चन्द्रप्रसाद उप्रेतीले जानकारीदिनुभयो । 

बुद्धशान्ति–७ मा रहेको राष्ट्रिय विजय माविले समेत आजबाट भौतिक उपस्थितिको पठनपाठन बन्द गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट गतभदौमा जारी गरिएको आदेशमा स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने अधिकार प्रत्यायोजन भएसँगै जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिएको थियो । (रासस)