काठमाडौंः
सिभिल लघुबित्त वित्तीय संस्था लि. ले आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ । प्रस्तावित लाभांश मध्ये बोनस सेयर बापत करिब ४ करोड ६० लाख तथा नगद बापत करिब २४ लाख हुनेछ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि वितरण गरिने संस्थाले जनाएको छ ।