१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेडा च्याङ्ग्राको मूल्यवृद्धि, एउटै च्याङ्ग्राको मूल्य सातदेखि १० हजार रुपैयाँसम्म



अ+ अ-

गलेश्वर । महानपर्व दसैँ नजिकिँदै छ । यस पर्वमा मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्ग्राको मूल्य पनि आकासिएको छ ।

तिब्बत्बाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको मूल्य सातदेखि १० हजार रुपैयाँसम्मले महङ्गिएको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले जानकारी दिनुभयो । मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले यसवर्ष जिल्लामै भेडा च्याङ्ग्राको अभाव देखिएको बताउनुभयो ।

“लोमान्थाङबाट आज  मात्रै केही भेडा च्याङ्ग्रा मुस्ताङ झार्दै गरेको जानकारी पाएको छु” अध्यक्ष तुलाचनले भन्नुभयो,“गतवर्ष व्यापारीले रु २७ हजार प्रतिगोटामा बिक्री गरेको च्याङ्ग्राको भाउ यसपटक रु ३५ हजार भन्दामाथि पुगेको जानकारी आएको छ ।”

मूल थलोमै महँगो भएपछि बजारमा च्याङ्ग्राको भाउ अझै बढ्नसक्ने उहाँको भनाइ रहेको छ । गतवर्ष मुस्ताङबाट मात्रै करिब सात हजार च्याङ्ग्रा बिक्रीका लागि पठाइएकोले यसवर्ष जिल्लामा पनि धेरै भेडाच्याङ्ग्रा नभएकाले समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

कोभिड–१९का कारण चीनले लामो समयदेखि नाका ठप्प बनाउदा च्याङ्ग्रा मुस्ताङ आउन नपाएको एक दशकदेखि भेडाच्याङ्ग्राको व्यवसाय गर्दै आउनुभएको गुञ्जा तेन्जिङले बताउनुभयो । पाँच दिन अघिमात्र मुस्ताङबाट सरुवा भई म्याग्दीको बेनी भेटेरीनरी अस्पताल तथा पशु विकास केन्द्रमा आउनुभएका केन्द्र प्रमुख जीवन आचार्यका अनुसार यस वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा नआउने वा आए पनि अत्यन्त कम मात्रामा आउने हुँदा जिल्लामा पालिएका भेडा च्याङ्ग्रा मात्रै ढिलोगरी बजारमा आउने भएका छन् । 

उहाँका अनुसार सो जिल्लामा पालिएका ती भेडाच्याङ्ग्राको मूल्य रु ३५ हजारदेखि ३९हजारसम्म रहेको छ । सामान्य अवस्थामा व्यापारीले दसैँलाई लक्षित गर्दै तिब्बतबाट च्याङ्ग्रा ल्याउने गरेकामा यसवर्ष यस्तो नभएको उहाँको भनाइ छ ।

सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुई पटक व्यापार हुने गरेकामा कोरोनाका कारण यस वर्षको व्यापार नभएको व्यापारीले बताएका छन् । गत जेठ र साउनमा हुने मेलामा नेपाली वस्तु तिब्बतीले किन्ने र च्याङ्ग्रा नेपालीले किनेर पाल्ने गरेको भए पनि यसवर्ष त्यो मेला हुन नपाएको सङ्घका अध्यक्ष तुलाचनले जानकारीदिनुभयो  ।हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने जनाउँदै प्रायः उपभोक्ताले भेडाच्याङ्ग्राको मासु खोज्ने गर्दछन् । (रासस)