२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा भत्कियो गठबन्धन, नेकपा एसको अलग्गै उम्मेदवारी



अ+ अ-

ललितपुरः सत्तारूढ गठबन्धनबीच महानगरपालिकामा उम्मेदवारहरु तय गर्दा भागबन्डा भए पनि त्यस विपरीत माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिने घोषणा गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) ललितपुरका अनुसार पार्टीले प्रमुखमा हरिकृष्ण थापा र उपप्रमुखमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा भएको सहमतिमा ललितपुरको प्रमुख (मेयर)मा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको थियो । जुन निर्णयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि हस्ताक्षर गर्नु भएको थियो ।

यी दुबै दलका प्रदेश कमिटीले ललितपुरका बाँकी पालिकामा पनि आइतबार भागबन्डा गरेका थिए। उक्त भागबन्डामा उनीहरूले एकीकृत समाजवादीलाई कुनै पालिकामा पनि प्रमुख र उपमप्रमुख दिएका थिएनन्।

महाँङ्काल गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ। कांग्रेस र माओवादीले आफूहरूलाई एउटा पनि पालिका नदिएर राजनीतिक दम्भ देखाएको एकीकृत समाजवादीको गुनासो छ ।

गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुख नै कांग्रेसले लिएको छ। महालक्ष्मी नगरपालिकाको प्रमुख नेकपा माओवादी केन्द्रलाई र उपप्रमुख कांग्रेसले लिएको छ।

कोन्ज्योसोम गाउँपालिका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष कांग्रेसले लिएको छ। बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ।