२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात किलो सेतो हेरोइनसहित विदेशी पक्राउ (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रहरीले लागुऔषध (सात किलो सेतो हेरोइन) सहित दुई विदेशीलाई पक्राउ गरेको छ । नेपाललाई ट्रान्जिट बनाइ लागुऔषध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ ।

वैशाख पहिलो साता कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाको जोहानेशवर्गबाट कतारको दोहो हुँदै काठमाडौँ आएका जिम्बावेका नागरिक कपुतुला अभिसर्गले ल्याएको सुटकेट जाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । उनले सुटकेसमा फल्स बटम बनाइ लुकाएर ल्याएको अवस्थामा सात किलो सेतो हेरोइन फेला परेको थियो ।

उक्त लागुऔषध लिन आएका भारतका ललनुन्पुइलाई पनि पक्राउ गरिएको जनाइएको छ । दुबैलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको छ । उक्त लागूऔषधको बजार मूल्य रु १४ करोड रहेको व्यूरोले जनाएको छ ।

हुलाकमार्फत पनि लागुऔषध ओसारपसार

यसैबीच प्रहरीले हुलाकमार्फत पनि लागुऔषध ओसारपसार भएको फेला पारेको छ । लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार बेलायतबाट आएको हुलाक पार्सलमा लागुऔषध फेला परेकाले उक्त घटनामा संलग्न रहेका पर्साका राजशिखर गुप्तालाई पक्राउ गरिएको छ ।

अनुसन्धानमा हुलाकमार्फत आएको क्याण्डी चक्लेटमा गाँजा र चरेसको मात्रा फेला परेको र उक्त सामग्री डेलिभरी गर्ने क्रममा गुप्ताले लिएको फेला परेको जनाइएको छ ।

अनुसन्धानका क्रममा उनको घरमा बेलायतबाट पार्सल गरी आएको ५०० ट्याब्लेट फेला परेको र त्यसको परीक्षण गर्दा एम्फेटामिन रहेको पत्ता लागेको थियो । लागुऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान गरी पठाएको उक्त मुद्दामा गुप्ता पूर्पक्षका लागि कारागार चलान भएका छन् ।