एजेन्सी । चर्चित गायिका ब्रिटनी स्पियर्स बुवाको संरक्षकत्वबाट मुक्त भएकी छन् ।
एक अमेरिकी न्यायाधीशले उनका बुवालाई उनको जीवनमाथि नियन्त्रण गर्न दिइएको कानुनी अधिकार खारेज गरेका हुन् ।
उनले वर्षौँसम्म बुवाबाट दुर्व्यवहार भोगेको आरोप लगाएकी थिइन् ।
स्पियर्सको मानसिक स्वास्थ्यका कारण सन् २००८ मा जेमी स्पियर्सलाई उनको संरक्षक बनाइएको थियो।
बुधवार लस एन्जलिसकी न्यायधीशले सो अधिकार ब्रिटनी स्पियर्सले नियुक्त गरेको पुरुषलाई हस्तान्तरण गरेकी हुन्।