१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिका उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।

महानगरपालिका र उपमहानगरपालिकाकाबाट उम्मेदवारको सिफारिस भएपनि एमालेले त्यसलाई टुंगाउन सकेको छैन ।

एमालेले ६ वटा महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यन्जनकार, वीरगञ्ज विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस गरिसकेको छ ।