१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार १४ जनाको कोरोना परीक्षण गरिएको थियो । 

सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका क्रममा २२ तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कञ्चनपुरमा ११ र दार्चुलामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा प्रदेशभर ३९ जना  कोरोनाबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ८४ वर्षीय पुरुष छन् । बुधबार सुदूरपश्चिममा ३३ सङ्क्रमित थपिएका थिए भने १७ जना निको भए ।