१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको प्रथम विधान महाधिवेशन आजबाट सुरू हुँदै (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आजबाट सुरू हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा दिउँसो साढे १२ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले कार्यलय सचिब शेरबहादुर तमाङ्गले जानकारी दिनुभयो । 

उद्घाटन सत्रपछिको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहको छ ।

महाधिवेशनको दोस्रो दिन  समूह छलफल गरी टोली नेताले समुहको दृष्टिकोण राख्नेछन् । तेस्रो दिन दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई एकिकृत गरिने छ ।

महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुनेछ। सनराईज सम्मेलन केन्द्रको मुख्य हलमा  ३ हजार प्रतिनिधि र अरु लाई अन्य स्थानमा राख्ने तयारी भएको पनि तमाङ्गले जानकारी दिनुभयो ।