३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा शाखा खोलेर सडकआश्रित मानवको उद्धार गर्दै मानवसेवा आश्रम



अ+ अ-

नेपालगञ्ज । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले नेपालगञ्ज शाखा विस्तार गरेर सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्धार सुरु गरेको छ ।

मानवसेवा आश्रमको १९ औं जिल्ला शाखाको रुपमा बाँके जिल्लाको नेपालगञ्जमा शाखा विस्तार गरिएको केन्द्रीय सदस्य सृजना ओलीले बताइन् । संस्थाले कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा शाखा विस्तार गरिरहेको भएपनि यि तिनै प्रदेशका शाखासँग समन्वय गर्ने र नेपालगञ्ज आफैमा ठुलो शहर भएकोले यहाँका सडकमानवको व्यवस्थापनका लागि नेपालगञ्जमा शाखाको महशुस भएपछि नयाँ बर्षको अवसर पारेर शाखा विस्तार भएको हो ।

बर्दिया जिल्लाको गुलरीया नगरपालिकाको सडकमा बेवारिसे जीवनयापन गरिरहनुभएको एक ६९ बर्षीय महिलाको उद्धार गरी शाखाको सुरुवात भयो ।

हेटौंडा उपमहानगरपालिकाबाट सुरुवात भएको संस्थाको हाल १८ जिल्ला शाखा सञ्चालनमा छन् जसमा करिब १५०० जना विभिन्न उमेरसमूहका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा रहन बाध्य भएका व्यक्तिहरुको उद्धार गरेर संरक्षण गरेको छ । संस्थाले वि.स २०८२ सालसम्म देशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने लक्ष्य लिएको छ ।




भर्खरै