४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

अर्थमन्त्रीज्यू कुन नैतिकताले पदमा बस्नु भएको छ : डा.लोहनी

अर्थमन्त्रीज्यू कुन नैतिकताले पदमा बस्नु भएको छ : डा.लोहनी
अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्ध छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनु पर्ने पूर्बमन्त्री एबं राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले माग गर्नु भएको छ ।

अदालतको आदेश पछि डा लोहनीले लेख्नु भएको छ – राष्ट्र बैंक को गभर्नर को निलम्बन बारे कमरेड अर्थमन्त्री को हैकमवादी निर्णय सर्बोच्च अदालत ले अस्वीकार गर्यो यो स्वागत योग्य छ । अवैध आएको रकम लाई खुलाउने कमरेड अर्थमन्त्री को निर्णय बारे जाँच बुझ कमिसन गठन हुनु पर्दछ यस्तो रकम यो भन्दा पहिले पनि कति आएको थियो भन्ने तथ्य बारे अनुसन्धान हुनु पर्दछ। कमरेड अर्थमन्त्री ले यति आँट नगर्ने हो भने त्यो पद मा रहने नैतिकता रहन्छ ?

यसै गरी पूर्व सचिव द्वारिकानाथ ढुँगेलले पनि सर्बोच्चको आदेश पछि सरकार, मन्त्री जनार्दन शर्मा र उनका मालिक छोरीका बा प्रचण्ड देखेर लाजलाई पनि लाज लाग्यो होला ? भन्ने टिप्पणी गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ-सर्वोच्चद्वारा गभर्नरमाथिको कारबाही फिर्ता लिन आदेश ( यो आदेश पछि सरकार, मन्त्री जनार्दन शर्मा र उनका मालिक छोरीका बा ( प्रचण्ड देखेर लाजलाई पनि लाज लाग्यो होला ?

मंगलबार सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको थियो न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले आज छानबिन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “नेपालको संविधानको धारा १३२ ९२० तथा धारा ३०४ ९१० को प्रतिबन्धात्मक वाक्यांश तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २३ (१) (क) को विद्यमानताको अवस्थामा जाँचबुझ समितिले गठन भएको समेत देखिँदा नेपालको सरकारको २०७८र१२र२४ को निर्णय तथा अर्थ मन्त्रालयको मिति २०७८र१२र२५ निवेदकको नाममा जारी गरिएको पत्रचार तत्काल कार्यान्वयन नगर्नु ।”

सरकारले छानबिन अघि बढाएर निलम्बनमा पर्नुभएका गभर्नर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दै उक्त निर्णय खारेजीको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सो आदेश दिएको हो । अदालतले यही वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन भनेको छ ।

मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो ।