• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

मंगलबार पुनः बस्नेगरी सकियो सत्ता गठबन्धनको बैठक



काठमाडौं । सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमती जुटन सकेन ।

सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास असफल भएको हो ।

तर धेरै ठाउँमा सहमती नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन भोली (मंगलबार) साँढे ११ बजे पुनः बैठक बोलाइएको काँग्रेस नेता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । उहाँले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा आफूहरुबीच व्यापक छलफल भएको र भोली त्यसलाई अन्तिम रुप दिने सहमति गरिएको पनि बताउनु भयो ।

भोली चुनावी तालमेलको विषयमा निर्णय हुने र त्यसलाई आफूले सञ्चार माध्यामबाट नै सार्वजनिक गर्ने सञचारमन्त्री कार्कीको भनाई छ । उहाँले भन्नु भयो, ‘चुनावी तालमेलका बारेमा हामीले गम्भिरतापूर्वक छलफल गरेका छौं । र सहमतीको नजिक हामी पुगेका छौं । भोली साँढ बजे पनि सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा यसरी नै बैठक बस्नेछ । र, मलाई विश्वास छ–भोली योयो ठाउँमा यसरी सहमती भयो भनेर जानकारी गराउन सक्दछु ।

समग्रमा हामी सबै ठाउँमा सहमतीको नजिक पुगेका छौं । र, यसर्लाइ अन्तिम रुप दिनका निमित्त भोली बैठक बस्दैछौ । धेरै ठाउँमा सहमतीको नजिक पुगेका छौं । सकारात्मक ढंगले अघि बढनुपर्छ भन्ने कुरामा गठबन्धनका सबै नेताहरु सहमत हुनुहुन्छ । महानगर ६ वटा उपमहानगरपालिका ११ वटा गरेर १७ वटा छन । ती सबै ठाउँमा हामीले बस्तुगत रुपमा नै छलफल गरेका छौं । र, यो छलफल सकारात्मक छ । र, भोली हामी यसलाई अन्तिम रुप लिएर भोली म सार्वजनिक गर्नेछु ।’

बैशाख ३० गते स्थानीय तहका निर्वाचन सम्पन्न हुँदैछ । सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ ।