२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

पशु व्यापारमा बढ्दै आकर्षण

पशु व्यापारमा बढ्दै आकर्षण
अ अ+ अ-

बाँके । एक दिनको कमाइले हप्तादिन धानिने भएपछि पशु हाटबजारमा व्यापारीहरुको आकर्षण बढ्न थालेको छ ।

बाँकेको जानकी गाँउपालिका–३ रमवापुरका व्यापारीहरु गाउँको व्यापारको कमाइले घरखर्च चलाउन सहज भएको बताउँछन् । अन्य काम गर्दा हरेक दिन त्यत्तिकै मिहेनतका साथ काम गर्नुपर्ने र भनेको जस्तो कमाइ नहुने तर पशु व्यापार गर्दा मनग्य फाइदा भइरहेकोले पशु किनबेच गर्नेहरुको आकर्षण बढ्दै गएको हो ।

पशु बिक्रीबाट आएको फाइदाले एक हप्ता खान पुग्ने भएकोले यही पेशामा लागेको स्थानीयहरुको भनाइ छ । हाट बजारमा पशु व्यापारी, किसान र होटेल व्यपारीहरु रागाँ, भैँसी किन्नका लागि जाने गर्छन् । बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौंबाट समेत व्यापारीहरु पशु किनमेल गर्नका लागि आउने गरेको बताउनुहुन्छ, पशु व्यापारी जमीर खाँ । उहाँले छिमेकी गाँउ र जिल्लाका मानिसहरुले गाँउबाट भैँसी, राँगा किन्ने र पशु हाट बजारमा लगेर बिक्री गरेर मुनाफा कमाइ घरखर्च धानिरहेको बताउनु भयो । करिव २५ वर्षदेखि यो पेशा गर्दै आउनुभएका व्यापारी खाँले गाउँमै बजार लागेकोले धेरै मानिसहरुले काम पाएको पनि बताउनु भयो ।

त्यस्तै पशु हाट बजार समितिका सदस्य रहमान अलीले पशु मेला लाग्नाले स्थानीयले कमाइ गर्ने अवसर पाएको बताउनु भयो । उहाँले पशु हाट बजारबाट स्थानीयहरु सन्तुष्ट रहेको र बजारमा बिक्री गरेबापत प्रतिगोटा २०० रुपैयाँका दरले समितिलाई रकम बुझाउनु पर्ने नियम लगाएको बताउनु भयो ।

स्थानीय व्यापारी विष्णुप्रसाद श्रेष्ठले पशु बजारमा पशु व्यापार गर्न थाल्नुभएको लगभग २० वर्ष भयो । उहाँले लकडाउनमा केही कम भएपनि अहिले भने पशु बजारमा किनबेच हुने संख्या बढीरहेको बताउनु भयो । उहाँले हरेक हप्तामा १० हजारसम्म नाफा भइरहेको बताउनु भयो ।

स्थानीयहरुले पशु हाट बजारलाई अम्दानीको स्रोतको माध्याम बनाएका छन् । तर पछिल्लो समय बजारमा पशुको कमी हुन थालेको स्थानीयहरुको गुनासो छ ।