२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा रोपवे दुर्घटनामा एक जनाको मृत्यु, ४८ जना फसे



अ+ अ-

नयाँ दिल्ली । भारतको पूर्वी राज्य झारखण्डमा कम्तीमा ४८ व्यक्ति २० घण्टाभन्दा बढी समयदेखि रोपवे ट्रलीभित्र फसेका छन् । एक स्थानीय अधिकारीका अनुसार एक जनाको मृत्यु भएको छ ।

राज्यको देवघर जिल्लामा आइतबार दिउँसो रोपवेको चेन एक्कासी निस्किएपछि उक्त दुर्घटना भएको हो । दुर्घटना हुँदा रोपवे पहाडबाट गुज्रिरहेको थियो ।

हालसम्म १० जनाभन्दा बढीको उद्धार गरिएको छ । उद्धारका क्रममा एक महिलाको मृत्यु भएको छ भने एक बालकको अवस्था गम्भीर रहेकाले स्थानीय अस्पतालमा पठाइएको छ ।

राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), भारतीय वायुसेना (आईएएफ), स्थानीय विपद् व्यवस्थापन एकाइहरू र जिल्ला प्रशासनका अधिकारीहरूले ट्रली भित्र फसेकाहरूलाई तल ल्याउने प्रयास गरिरहेका छन् ।

दुर्घटनामा परेकाहरुलाई १२ वटा छुट्टाछुट्टै ट्रलीमा राखिएको थियो । “दुई एमआई–१७ हेलिकप्टर उद्धार कार्यमा संलग्न छन्। अपरेशन अझै जारी छ”, भारतीय वायुसेना (आईएएफ) ले भन्यो ।

फसेकाहरूलाई खाना र पानी आपूर्ति गर्ने प्रयास भइरहेको एक आईएएफ अधिकारीले बताए । सिन्ह्वा