२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमको खुद नाफा ७ अर्व ३३ करोड (भिडियोसहित)



अ+ अ-

काठमाडौैं । नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्व ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताउनु भएको हो । उहाँले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष अर्यालले भन्नु भयो, ‘अन्तराष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट ५ अर्व ८० करोड, वायरलेस सेवाबाट ३ अर्व ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्व २१ करोड र ७ अर्व १३ करोड कायम गर्न कम्पनी सफल भएको छ । कोभिड १९ को कारणले भ्वाईस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरुले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ ।’

टेलिकमले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने भएको छ । सेयरधनीहरुको मनोबललाई उच्च बनाउन बोनस सेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम संचालक समितिका अध्यक्ष अर्यालको भनाई छ । अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताउनु भयो ।

अनलाईन पेपेन्ट गर्ने सरकारको कार्यक्रम अनुसारको तयारीको कामलाई पनि फोकस गरिएको नेपाल टेलिकमले जनाएको छ ।