११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्म र संस्कृति साझा सम्पत्ति हुन्: मन्त्री आले



अ+ अ-

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृति सबैका साझा सम्पत्ति भएको बताउनुभएको छ ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले आयोजना गरेको चर्तुथ शताब्दी महोत्सवमा उहाँले नेपालमा बसोबास गर्ने सबै नागरिकहरुलाई आ–आफ्नो धर्म, संस्कृतिको रक्षा तथा जगेर्ना गर्ने अधिकार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्ना धर्म, संस्कृतिको रक्षा र जगेर्ना गर्न सबैलाई अधिकार छ, धर्म, संस्कृति सबैका साझा सम्पत्ति हुन् ।”

मन्त्रीआलेले श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको वृद्धि विकास तथा संरचना निर्माणका लागि आफूले बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिनुभयो । उक्त समितिमा रहेको ४५ रोपनी जमिनमा पर्खाल निर्माणका लागि आवश्यक पर्ने बजेट पनि आगामी वर्षको बजेटमा विनियोजन गराउनेसमेत मन्त्री आलेले जानकारी दिनुभयो ।

यसैक्रममा मन्त्री आलेले पशुपतिनाथको थप वृद्धि विकासका लागि गुरुयोजना तयार गरी काम अगाडि बढाउन तयारी भएको जानकारी दिनुभयो । पशुपति क्षेत्रमा काजक्रिया गर्ने क्रियापुत्रीहरुलाई नुहाउँदा चिसो, फोहर पानी र दूषित पानी भएको र अब त्यहाँको पानी ‘क्युरिफाइ’ गरी उनीहरुका लागि शुद्ध र सफा पानीको व्यवस्था मिलाउन लागिएको मन्त्री आलेले बताउनुभयो ।

पशुपतिनाथ क्षेत्रमा रहेको विश्वरुपा मन्दिर निर्माणका लागि रु ५५ करोडको टेण्डर भइसकेको र अब छिट्टै शिलान्यास गरिनेसमेत उहाँले जानकारी दिनुभयो । दुई वर्षदेखि विभिन्न बाधा अवरोधका कारण रोकिएको उक्त मन्दिर निर्माणको कार्य आफू मन्त्री भएर आएपछि सुरु गराएको मन्त्री आलेले दाबी गर्नुभयो ।

यसैगरी मन्त्री आलेले विभिन्न धार्मिक स्थलका भवन तथा जमिनहरु केही ठाउँमा कौडीका भाउमा विगतको सरकारले दिएका र कहीँ हडप्ने काम भएकाले ती हडपिएका र कौडीका भाउमा दिएका भवन र जमिन सबै फिर्ता ल्याएरै छाड्ने बचन बद्धता गर्नुभयो । रासस