७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमलको सल्यक्रिया सफल, ६ साता मैदान बाहिर रहने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमल सिंह ऐरीको आइतबार बिहान सल्यक्रिया भएको छ ।

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत शनिबार भएको मलेसियाविरुद्धको खेलका क्रममा उनले चोट बोकेका थिए ।

कमललाई घाटीमुनी चोट लाग्दा क्लाभिकुलार भाच्चिएको थियो । उनको नेपाल नेशनल अस्पताल कलंकीमा आईतबार सफलतापूर्वक सल्यक्रिया गरिएको हो । डाक्टर निरज केसी र निराजन सुवेदीको टिमले उनको सल्यक्रिया गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

चिकित्सकका अनुसार उनको भाचिएको हड्डी ठीक हुन कम्तिमा ६ हप्ता लाग्ने बताएका छन् । जसअनुसार ऐरी करिब ६ साता मैदानबाट बाहिर रहने भएका छन् ।

टिमका फिजियो र प्रशिक्षक पुवुदु दासानायकेले डाक्टरसँग आवश्यक सल्लाह गरेका थिए । कमललाई अहिले निगरानीमा राखिएको छ ।

लिगको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको जित निकालेको थियो । उक्त जितसँगै नेपालले सतप्रतिशत जितसहित शृंखलाको फाइलनमा पुगेको हो । फाइनल खेल सोमबार हुनेछ । उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ ।




भर्खरै